पोखरा । सेलबेज डिपार्टमेन्टल स्टोरले पोखरामा दुई वटा शाखा विस्तार गरेको छ । सेलबेजले पोखरा–१७ विरौटा र पोखरा–५ प्रस्याङमा शाखा विस्तार गरेको हो । योसँगै सेलबेजका १० शाखा पुगेका छन् ।
सेलबेजले सेल्सबेरी ब्रान्डमा समेत डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको छ । सेलबेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले जानकारी दिए । बिरौटा, छोरेपाटन र पुम्दीभुम्दीवासीलाई लक्षित गरी विरौटा शाखा, प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्षित गरिएको उनले बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहजरूपमा पाइने उनले बताए । सेलबेजले यसअघि पोखराको चिप्लेढुङ्गा, लेकसाइड, बिरौटा, भद्रकाली, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा विस्तार गरिसकेको छ । केही महिनाभित्रै पोखराका अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने व्यवस्थापक गिरीले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्य सामग्री, विद्युतीय सामान राखिएको छ ।