काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ३२ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ३२ अंकले उकालो लागेर २५ सय ६८ दशमलव ११ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव शुन्य नौं अंकले बढेर चार सय ६० दशलव शुन्य तीन बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ५९ हजार सात सय ५८ पटकको कारोबारमा तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जलबिद्युत, लगानी र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार सहितका नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।