काठमाडौं,फ्रान्सको संस्कृति र सम्पदाको भव्य प्रदर्शनसाथ प्यारिस ओलिम्पिक्स सुरु भएको छ।ओलिम्पिक्स उद्घाटन समारोहले आयोजक देशका लागि विश्वसामु मौलिक तरिकाले आफ्नो शानदार प्रस्तुति देखाउने अवसर दिन्छ। प्यारिस ओलिम्पिक्स २०२४ को उद्घाटन एउटा त्यस्तै क्षण थियो। आयोजकहरूले परम्परागत शैलीका समारोहभन्दा भिन्न तरिकाले ओलिम्पिक्स प्रतियोगिताकै इतिहासमा पहिलो पटक रङ्गशालामा मात्र नभई पूरै सहरमा उद्घाटन कार्यक्रम आयोजना गरे। भारी वर्षाको साँझमा हजारौँ खेलाडी र कलाकारहरूले सीन नदीछेउमा परेड गरे। त्यसपछि रात्रिकालीन आकाश र आइफल टावर नाटकीय रूपमा रङ्गियो। सानदार ती दृश्य प्राविधिक रूपमा एक खाले महत्त्वाकाङ्क्षी प्रस्तुति थिए।गुलाबी प्वाँखसाथ लेडी गागा र फ्रान्सेली-मालिअन गायिका अया नाकामुराको प्रस्तुतिसहित पुल र नदी किनारालाई क्याटवाक, मञ्च र ग्रान्ड स्ट्यान्डका रूपमा प्रयोग गरिए। ओलिम्पिक मसालमार्फत् राफाएल नाडाल, कार्ल लिविस र जिनेदिन जिदानसहितका अन्तर्राष्ट्रिय खेल हस्तीहरूले एउटा हट एअर बलूनलाई प्यारिसको आकाशमा उडाए। २६ जुलाईमा सुरु भएको प्यारिस ओलिम्पिक्स ११ अगस्टमा समापन हुनेछ। यहाँ उक्त रातका केही लोभलाग्दा तस्बिरहरू राखिएका छन्।ग्रीसदेखि प्यारिससम्मको तीन महिने यात्रापछि ओलिम्पिक टर्च फ्रान्सका पूर्व फुटबल खेलाडी जिनेदिन जिदानलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि त्यो चर्चित टेनिस खेलाडी राफाएल नाडाल र सेरेना विलियम्सलाई हस्तान्तरण गरियो।पृथ्वीको सबैभन्दा विशाल प्रस्तुति सुरु भएको सङ्केत दिने गरी एउटा ठूलो र चम्किलो बलून प्यारिस सहरमाथि उडाइयो।पृथ्वीको सबैभन्दा विशाल प्रस्तुति सुरु भएको सङ्केत दिने गरी एउटा ठूलो र चम्किलो बलून प्यारिस सहरमाथि उडाइयो।पृथ्वीको सबैभन्दा विशाल प्रस्तुति सुरु भएको सङ्केत दिने गरी एउटा ठूलो र चम्किलो बलून प्यारिस सहरमाथि उडाइयो।पृथ्वीको सबैभन्दा विशाल प्रस्तुति सुरु भएको सङ्केत दिने गरी एउटा ठूलो र चम्किलो बलून प्यारिस सहरमाथि उडाइयो।पृथ्वीको सबैभन्दा विशाल प्रस्तुति सुरु भएको सङ्केत दिने गरी एउटा ठूलो र चम्किलो बलून प्यारिस सहरमाथि उडाइयो। (बीबीसी)