पोखरा ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले बाख्रापालन लक्षित कार्यक्रमका लागि यस बर्ष एक करोड १६ लाख रुपैयाँ छट्याएको छ । गोखरामा राम्रो सम्भावना भएकाले बाख्रापालन कार्यक्रमलाई प्राथमिकतामा राखिएको कार्यालय प्रमुख सर्मिला कुमालले बताइन् ।कुमालका अनुसार बाख्रापालन कार्यक्रमअन्तर्गत तीन शीर्षकमा बजेट छुट्याइको छ । जसमा बाख्रा स्रोत केन्द्र स्थापनाका लागि पालुङटार, सिरानचोक, भीमसेन, बारपाक सुलिकोट र आरुघाटका लागि ५०÷५० लाख र अन्य पािलकाका लागि ३०÷३० लाख रुपैयाँ व्यवस्था गरिएको उनले जानकारी दिइन् । मध्यपहाडी लोकमार्ग (कोरिडोर) लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । कोरिडोर क्षेत्रअन्तर्गत पायक पर्ने स्थानमा स्रोत केन्द्र स्थापना हुनेछ । अन्य पािलकाको हकमा भने पायक पर्ने स्थानमा केन्द्र स्थापना गरिनेछ ।स्रोत केन्द्रमा किसानको आवश्यकता अनुसार उन्नत जातका बाख्राहउत्पादन गरिने प्रमुख कुमालले जानकारी दिइन् ।यसैगरी घाँस स्रोत केन्द्र तथा नसर्री स्थापनाका लागि २६ लाख रुपैयाँ रकम छुट्याइएको छ । यो कार्यक्रम पनि कोरिडोर क्षेत्रमै सञ्चालन हुने उनले बताइन् । खसी–बोकाको मासुमा प्रतिकेजीका दरले अनुदान दिने कार्यक्रमअन्तर्गत पनि १० लाख रुपैयाँ छुट्याइएको छ । सबै अनुदान कृषि सहकारीमार्फत नै वितरण गर्ने प्रावधान छ । कुनै पनि सहकारीमा आबद्ध नभएका निजी फर्मले भने अनुदान नपाउने कुमालले जानकारी दिइन् । यता, कुकुर तथा घोडा÷खच्चड वन्ध्याकरणका लागि पनि यो बर्ष बजेटको व्यवस्था गरिएको छ । जसमा कुकुर वन्ध्याकरणका लागि दुई लाख, उत्तरी गोरखामा घोडा तथा खच्चड वन्ध्याकरणका लागि दुई लाख रुपैयाँ छुट्याइएको कार्यालयले जनाएको छ । चालु आवमा कार्यालयको कुल बजेट छ करोड ४२ लाख रहेको कुमालले जानकारी दिइन् ।