काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’को घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्युआरमार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेषरूपमा बताएको छ । यो अभियान दुई महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ । यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आइफोन १५ प्रो दिने मेगा उपहार योजना छ । यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोन पे डाइरेक्टबाट पैसा पठाउँदा रिमाक्र्स सेक्सनमा विशेष प्रोमोको फोन पे डाइरेक्ट राख्नुपर्नेछ र अभियान अवधिमा मोबाइल बैंकिङ एप प्रयोग गरेर फोन पे डाइरेक्टमार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नुपर्नेछ ।
फोनपेका चिफ एस्ट्राटेजी अफिसर सुबोध शर्माले भने, ‘हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुसी हुनेछन् । बैंक परिसरहरूबाटै आक्टिभेसनमार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाइलाई ग्राहकहरू माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो ।
फोनपेले सधैं आफ्ना ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्चस्तरको एन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्छ ।