काठमाडौं । इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ पोखरामा पाइने भएको छ । क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले पोखराको नयाँबजारमा सोरुम सञ्चालन गरेको हो । क्रसफायर सोरुम यो स्कुटरको डिलर हो । आधुनिक प्रविधिबाट निर्मित यो स्कुटर एक पटक चार्ज गरिसकेपछि तीन सय ५० किमिसम्म गुड डाउन सकिने कम्पनीले जनाएको छ । हाल यसको मूल्य तीन लाख ६५ हजार रुपैयाँ छ । कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामका अनुसार यो स्कुटर लामो दूरीमा पनि चलाउन सकिन्छ । अन्यको तुलनामा यो स्कुटर चढ्नमा पनि आरामदायी छ । स्कुटर प्रतिघण्टा ड्राइभिङमा ६० प्रतिकिमि र स्पोर्टस् मोडमा ६८ किमिसम्म गुड्न सक्छ । परीक्षणका क्रममा पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव बामले सुनाए । यसको ब्याट्रीमा पाँच वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने कम्पनीको दाबी छ । ब्याट्री एक पकट फुल चार्ज गर्न आठ घण्टासम्म समय लाग्नेछ ।
कम्पनीको पोखरासहित काठमाडौंको महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर छ । काठमाडौंमा साउलफुल मोटर महाराजगञ्ज, इको एक्जिम नेपाल टेकु, बागमती मोटरसाइकल सेन्टर, बागलुङमा सावित्री अटो मोबाइल, दाङमा जेबीएस अटोमोबाइल्स र कैलालीको धनगढीमा असियुन ट्रेड प्रालि यसका डिलर हुन् ।