काठमाडौं । नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक योजनाअन्तर्गत वृक्षारोपण गरेको छ ।
कम्पनीले सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजनाअन्तर्गत तीन हजार वटा रूख–बिरूवाको वृक्षारोपण गरेको हो । ओमोडाले दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन)सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर ‘युचर’ नाराको साथ ‘ओ–फरेस्ट’ को अवधारणा र योजना ल्याएको थियो । डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ–फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागितामा हालै वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ । वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रूखको संख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपोन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।