पोखरा । रेष्टरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल निर्वाचित भएका छन् । संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।संस्थाको प्रथम उपाध्यक्षमा वसन्त गौतम, द्वितीय उपाध्यक्षमा विकास भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा भीष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सहकोषाध्यक्षमा वैभव पौडेल छन् । कार्यसमिति सदस्यमा योगेश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु बानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई छन् ।