काठमाडौं, चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरको छ । नुवाकोट विदुर नगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो ।