काठमाडौं । आइतबार संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सामाधान गर्न सरकारले ध्यान दिने बताउदै गृहमन्त्री लेखकले कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने बताए ।
गृहमन्त्री लेखकले कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निर्देशनअनुसार अगाडि बढ्ने बताउदै कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक भएको बताए ।