काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । दुई मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मकरूपमा दर्शाएको छ ।
खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा
फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ । उनले जम्मा गरेजस्तै स–साना बचत मिसिएर जलविद्युत्जस्ता ठूला परियोजनाहरूमा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँछ । लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।
सफलताको गाथा बुन्दै
बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्छ । यस्ता कर्जाहरूले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ ।
साझा समृद्विको उत्सव मनाउँदै
यस फिल्ममार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ–कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरूको प्रवद्र्धनमा कस्तो र कसरी भूमिका खेल्छ भन्ने देखाइएको छ र बचत गर्नु हुने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथी भएको कुरा प्रतीत गराइएको छ । तसर्थ, यस फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।