काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकीनजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो । डेढ दशकभन्दा लामो समयदेखि मोडलिङ र गायन क्षेत्रमा आबद्ध रहेकी लामा विगत पाँच वर्षभन्दा लामो समयदेखि सौन्दर्य क्षेत्रमा पनि काम गर्दै आइरहेकी छन् ।
सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि एक हजार रुपैयाँमा फेसियल र दुई हजार पाँच सय रुपैयाँमा हेयर स्ट्रेड गर्ने बताइन् । साथै, कुनै पनि कस्मेटिक सामानमा पाँचदेखि १० प्रतिशतसम्म छुट दिने जानकारी दिइन् । गायक एवं संगीतकार विशाल योन्जन तामाङले सिवांगी ब्युटी जोनको उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरू, कलाकार, ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो ।