काठमाडौँ, असार १०
जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रूपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार कम्पनीले एक सय रूपैयाँ अंकित मूल्य कायम रहनेगरी ३० लाख कित्ता साधारण सेयर निष्काशनको लागि असारको पहिलो साता आवेदन दिएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ३२ करोड रूपैयाँको हाराहारीमा पुुग्नेछ । हाल एक अर्ब दुुई करोड छ लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७३ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड दुुई हजार रूपैयाँ रहेको थियो ।