काठमाडौँ, असार १० इन्फिनिटी लघुुवित्त वित्तीय संस्थाको दुुई लाख सात हजार चार सय कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार मंगलबार संस्थाको उक्त परिमाणमा बोनस सूचीकृत भएको हो । पछिल्लो पटक प्रतितिकत्ता छ सय ५५ रूपैयाँमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने एक अर्ब ४९ करोड ४३ लाख १७ हजार रूपैयाँ पुुगेको छ । स्टकमा भने संस्थाको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको २२ करोड ८१ लाख ४० हजार रूपैयाँ बराबरको २२ लाख ८१ हजार चार सय कित्ता सेयर सूचीकृत रहेको छ ।