काठमाडौं,सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक मन्त्री झपटबहादुर साउदले ठेक्का पट्टा मिलाइदिने भन्दै ५० लाख रुपैँया लिएको आरोप लागेको छ । उनले बझाङ स्थायी घर भई काठमाडौँ टोखा नगरपालिका–४ बस्दै आएका धनबहादुर बोहरालाई ठेक्का पट्टा मिलाइदिने भन्दै उक्त रकम लिउको खुलासा भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका साउदले व्यवसायी बोहरालाई ठगी गरेको आरोप लागेको छ । रावल विरुद्ध अदालतमा मुद्दा समेत दर्ता भएको खुलासा भएको छ । आफ्नो रकम फिर्ता माग्दा साउदले आफूलाई प्रहरी हिरासतमा थुनाएको र त्रासपूर्ण वातावरणमा मिलापत्र गराएर आफू पैसा नतिर्ने जुत्ति गरेको बोहोराले बताएका छन् । बोहोराले साउद विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।