काठमाडौं,सोमबार साझा बसेको मन्त्रिपरिषद बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । सरकारले बिभिन्न देशरुका राजदूतहरु नियुक्त गरेको छ । भारतमा शंकर शर्मा, अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई लगायत ८ देशमा राजदूत नियुक्त गरेको हो ।
त्यस्तै सरकारले बिभिन्न प्रदेशहरुमा आयुक्तहरु नियुक्त गरेको छ । जसमा वाग्मतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त निर्णय गरेको हो । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ ।
दिनेश घिमिरेलाई राजस्वमा, रामप्रसाद घिमिरेलाई अर्थमा, मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय, रामेश्वर दंगाल रक्षा, किरणराज शर्मा वित्त आयोग, भरत सुवेदी संघीय मामिला, घनश्याम उपाध्याय अख्तियार र मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालय लगायत २२ मन्त्रालयका सचिवहरुको सरुवा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधानसेनापति र रक्षा मन्त्रालयको सिफारिसमा नियुक्त गर्ने निर्णय गरेके छ ।