काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही साउन २७ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी ८० करोड रूपैयाँमध्येबाट १ः१.५ को अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब २० करोड रूपैयाँ बराबरको एक करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
अधिकृत पुँजी तीन अर्ब, जारी पुँजी दुई अर्ब र चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात भने चुक्ता पुँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही भदौ १६ गते बन्द हुनेछ ।