काठमाडौं । सामसङ नेपालले काठमाडौं उपत्यकाभर वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्रि पिक–अप र ड्रप सेवा बजारमा ल्याएको छ ।
वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल–फ्रि मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ । मोबाइल लिनको लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको एक दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने छन् । मर्मत भएपछि फिर्ता घरमै पु¥याई दिने कम्पनीले जनाएको छ । हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको छ ।