काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले बुधबार मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । उनले भनिन् , “सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु” ।
सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उल्लेख गर्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिइन् । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उनको भनाइ थियो ।
सो अवसरमा मन्त्रालयका विविध गतिविधिबारे मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले सचिव अर्याललाई जानकारी गराएका थिए ।