दोधारा चाँदनी (कञ्चनपुर) । बाघको आक्रमणबाट कञ्चनपुरको दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाहलाई खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले बताए । मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ ।
यसैगरी मङ्गलबार पनि बाघको आक्रमणबाट कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन् ।