काठमाडौँ, असार ११ अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकी महामहिम राजदूत -याण्डी बेरीलेले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच बुधबार कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘राष्ट्रिय अभियान योजना २०७७’को सफल कार्यान्वयनमा सहयोग पु-याउने चार लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकाको सहयोगप्रति आभार व्यक्तै गर्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका छन् ।