काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रबारका दिन एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधारहरू विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।
विद्यालय सञ्चालनका लागि अतिआवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।