काठमाडौं । प्रभु बैंकले झापाको दुर्गापुरमा शाखा खोलेको छ । बैंकका अनुसार झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा झापाको पाँचौँ र देशभरको तीन सय १४औँ शाखाको सञ्चालनमा आएको हो ।
बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापालगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गरेका थिए ।
बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए । त्यसैगरी ग्राहकको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ’बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर तीन सय १४ वटा शाखा कार्यालयहरू, दुई सय ८६ वटा एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् करिब ३५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।