काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही साउन १४ गते सोमबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक शर्माले मंगलबारदेखि नै कार्यभार सम्हालेको बैंकले जानकारी दिएको छ ।