काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड २ र लक्ष्मी उन्नति कोषले लाभांश वितरणको घोषणा गरेका छन् । यी दुई कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाई धनीहरूका लागि प्रतिफल घोषणा गरेका हुन् ।
यसअन्तर्गत लक्ष्मी भ्यालु फन्ड २ ले चार दशमलव पाँच प्रतिशतका दरले र लक्ष्मी उन्नति कोषले सात दशमलव पाँच प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । साउन १४ गते बसेको यी फन्डहरूको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । यी कोषहरूको योजना व्यवस्थापकको रूपमा लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।