काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ३८ लाख ४३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा एक करोड रुपैंंयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ३६ लाख २२ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोठ ७६ लाख १८ हजार रूपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ३४ करोड ९१ लाख ७० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६६ करोड ७८ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड २९ लाख ९९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ दशमलव ७३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६३ प्रतिशत रहेको छ ।
संस्थाले अघिल्लो आवमा भने ३० करोड ३३ लाख ७० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड १६ लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड दुई लाख २३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम रकम ३५ लाख ५७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८३ प्रतिशत रहेको थियो ।