काठमाडौं । नेपाल फाईनान्सले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ८१ लाख १८ हजार दुई सय ४८ रुपैयाँ खुद मुनाफा कमाएको छ । फाइनान्सले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा कम हो । अघिल्लो आवमा फाइनान्सको यस्तो नाफा दुई करोड एक लाख ३४ हजार छ सय ७८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड ९९ लाख छ हजार सात सय ४७ रुपैयाँ रहेको फाइनान्सले आव २०८०/८१ मा दुई अर्ब ५५ करोड ४५ लाख पाँच हजार सात सय ८६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब एक करोड ९६ लाख ४३ हजार छ सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड सात लाख ५५ हजार नौ सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने २० करोड ८२ लाख २९ हजार ८९ रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने फाइनान्सले एक अर्ब ८० करोड ६१ लाख सात हजार छ सय ४० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ३३ लाख ८८ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड २४ लाख एक हजार सात सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुपात १२ दशमलव १६ प्रतिशत रहेको थियो भने स्प्रेडदर चार दशमलव ५२ प्रतिशत रहेको थियो ।