काठमाडौं । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्सले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर जारी गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभाको आह्वान गरेको छ ।

कम्पनीले यही साउन ३१ गते पोखराको न्युरोडस्थित प्रधान कार्यालयमा हुने विशेष साधारणसभाले साधारण सेयर जारी गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।