काठमाडौँ, असार ११
हिमाल हाइड्रो एण्ड जनरल कन्सट्रक्सन कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार १६ गते २७औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । यसअघि कम्पनीको चैत २७ गते वार्षिक साधारणसभाको आह्वान गरेको थियो । तर विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण कम्पनीको पूर्वनिर्धारित वार्षिक साधारणसभा अवरुद्ध भएको थियो । तर अहिले भने सरकारले लकडाउनलाई केही खुुकुुलो बनाएसँगै कम्पनीले यसअघि स्थगन भएको वार्षिक साधारणसभाको नयाँ मिति घोषणा गरेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।