काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको २० औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले संघको अध्यक्षमा रघुनन्दन मारुलाई सर्वसम्मत चयन गरेको छ । यस्तै, संघको उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् ।
संघको महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् । संघको विधानअनुसार कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । संघको सदस्यमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत चयन भएका छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्य चयन भए भने सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरूको समाधान खोज्ने र सबै पक्षहरूलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, चुन ढुङ्गा उत्खनन् र विद्युत् बैंकिङलगायतका समस्या समाधानका लागि सबैलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।