काठमाडौँ । नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले सोमबार मन्त्रालयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयले सो अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको जानकारी दिएको छ ।