काठमाडौँ, असार ११ वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङमा मेरो सेयरको खाता निःशुल्क खोल्न पाइने भएको छ । यसका अतिरिक्त कम्पनीले ग्राहकहरूलाई डिम्याट खाता पनि निशुल्क खोलिदिने जानकारी दिएको छ । कम्पनीका अनुसार लगानीकर्ताले असार मसान्तसम्म डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न पाउनेछन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका बीचमा ग्राहकहरूलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क खाता खोल्ने व्यवस्था सञ्चालनमा ल्याएको जानकारी कम्पनीले दिएको छ ।