काठमाडौँ, असार ११ नेको इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच सम्झौता भएको छ । नेकोले आफ्नो सेवा विस्तार गर्ने क्रममा एनआईसी एसिया बैंकसँग आफ्ना खातावालाहरूको दुर्घटना बीमा, गम्भीर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको हो । सम्झौतामा नेकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का तथा एनआईसी एसिया बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौतापछि एनआईसी एसिया बैंकमा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता खोल्ने ग्राहकहरूले बीमालेखबमोजिम नेको इन्स्योरेन्स कम्पनीबाट घातक रोग, स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।