काठमाडौं । नेपाल फाइनान्सले शाखा स्थानान्तरण गरेको छ । सोमाबारदेखि संस्थाको ललितपुर महानगरपालिका वडा नं. ५, लगनखेलमा सञ्चालनमा रहको शाखा कार्यालयलाई वडा नं. ६, प्रयागपोखरीमा स्थानान्तरण गरी कारोबार सुरु गरेको हो । कार्यक्रमको उद्घाटन संस्थाका सञ्चालक दिपेश शाक्यले गरेका हुन् ।
निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाले सोमबार स्थानान्तरण गरेको लगनखेल शाखाको अतिरिक्त काठमाडौं महानगरपालिका–२८ कमलादीमा रहेको केन्द्रीय कार्यालयसहित न्युरोड, ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैँडाकोट, कास्कीको माछापुच्छ्रे गाउँपालिका, मकवानपुरको हेटौंडा, जनकपुरको धनुषाधाममा रहेका शाखा कार्यालय र काठमाडौंको कालिमाटीमा रहेको विस्तारित काउन्टरमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
फाइनान्सले अत्याधुनिक बैंकिङ सेवाको साथसाथै मोबाइल बैंकिङ सेवा, डिजिटल बैंकिङ, एटीएम कार्ड, कनेक्ट आईपीएस, कर्पोरेट पे, इन्टरनेट बैंकिङ, एसएमएस सुविधालगायतका सेवाहरु सञ्चालनमा रहेका सबै शाखाहरुमार्फत प्रदान गर्दै आइरहेको छ ।