काठमाडौँ, असार ११
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रूपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । संस्थाले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ४७ लाख ५५ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
संस्थाले यही असार १० गते अर्थात बुुधबारबाट बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत साधारण सेयरको बिक्री खुला गरेको हो । सेयर बिक्री कार्य छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बन्द हुुने संस्थाले जानकारी दिएको छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम दुुई लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । बिक्री खुला गरिएको कुुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् दुुई लाख ३७ हजार आठ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ४४ लाख ४३ हजार दुुई सय कित्ता सर्वसारणको लागि छुुट्याइको छ ।
संस्थाका अनुसार यसरी बिक्री खुला भएको साधारण सेयर सञ्चालनमा रहेका ८९ वटा लघुुवित्त वित्तीय संस्थाहरूमध्येकै सबैभन्दा ठूलो हो । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड २७ लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुुनाफा सात करोड ८४ लाख ५१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४५ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ३८ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब २२ करोड ८७ लाख ७४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ११ लाख ३२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८१ लाख ४० हजार रूपैयाँ रहेको संस्थामा शून्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४५ करोड २५ लाख ५० हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १७ करोड ८४ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले २१ करोड ६९ लाख ३१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।