काठमाडौं,नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।बुधबार शिवपुरी ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको प्रहरीले संञ्चार माध्यमलाई बताएको थियो । दुर्घटनामा परि क्याप्टेनसहित ५ जना मुत्यु भएका प्रहरीले बताएको छ । हेलिकप्टर पाइलट अरुण मल्ल सहित अरु चार जना चिनियाँ पर्यटक रहेका थिए । उनीहरुमा तिन जना पुरुष जुदाड टाङ,जी.लि, जेमिङ सी र एक महिला यियाद वु रहेकी छिन् ।