काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन २७ बिन्दुमा माथि चढेको छ । अघिल्लो दिन एक सय ४५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने एक सय आठ दशमलव ३५ अंकले उकालो लागेर २७ सय ५९ दशमलव ६७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव ९० अंकले उकालो लागेर चार सय ८३ दशमलव ४६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख १२ हजार छ सय ८१ पटक शेयर किनबेच भएको छ । जसबाट तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १७ अर्ब ९५ करोड नौं लाख १८ हजार छ सय २७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।