काठमाडौं । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको न्यूरोडबाट दोलखा भिमेश्वर नगरपालिका–२ घर भई काठमडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १५ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद, २४ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार रूपैयाँ जम्मा गराउने सजाय ठहर भई फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको भनाइ छ ।