काठमाडौं । शेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन एक सय आठ दशमलव ३५ बिन्दुले उकालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने छ दशमलव ७० अंकले उकालो लागेर २७ सय ६६ दशमलव ३८ बिन्दुमा कायम रहेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २१ अंकले उकालो लागेर चार सय ८३ दशमलव ६८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको दुई लाख नौं हजार नौं सय ६५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट पाँच करोड नौं लाख ४६ हजार आठ सय ३२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र अन्य समुहको सुचक ओरालो लागेपनि जलबिद्युत, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।