काठमाडौँ । सुनको मूल्य शुक्रबार स्थानीय बजारमा तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ जबकी बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।