काठमाडौं । समृद्धि फाइनान्सले इटहरी शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी विराटनगर लयेन राजमार्ग परिसरमा शुक्रबार १८ वटा बगम्बेली फूलका बोट लगाई सम्पन्न गरिएको फाइनान्सले जानकारी दिएको छ ।
फाइनान्सका अनुसार श्रावण पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भइसकेको र श्रावण महिनाभित्र फाइनान्सका अन्य शाखाबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ । फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।