पोखरा । पर्वतको कुश्मा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गरेको छ ।कुल ८८ करोड १६ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ५१ करोड चार लाख रुपैयाँ मात्र खर्च भएको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले २२ प्रतिशत हाराहारी मात्र राजस्व संकलन गरेको छ । एक करोड ७४ लाख रुपैयाँ रकम मात्र संकलन भएको प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले जानकारी दिए ।यस आर्थिक वर्षमा नौ करोड ६६ लाख ७७ हजार रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए ।