पोखरा । पर्वतको कुश्मा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गरेको छ । कुल ८८ करोड १६ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ५१ करोड चार लाख रुपैयाँ मात्र खर्च भएको नगरपालिकाले जनाएको छ । साथै, नगरपालिकाले २२ प्रतिशत हाराहारी मात्र राजस्व संकलन गरेको छ । एक करोड ७४ लाख रुपैयाँ रकम मात्र संकलन भएको प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले जानकारी दिए । चालू आर्थिक वर्षमा भने नौ करोड ६६ लाख ७७ हजार रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए ।