काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १४ करोड १६ लाख ८० हजार पाँच सय ९८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौ करोड ६५ लाख १३ हजार छ सय ५८ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब सात करोड चार लाख ९० हजार आठ सय २५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५२ करोड ५१ लाख ९७ हजार चार सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६३ करोड ३४ लाख ७७ हजार सात सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड ४७ लाख ७५ हजार २२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव १४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब १२ करोड छ लाख ५९ हजार आठ सय २६ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब २६ करोड ३३ लाख ४३ हजार चार सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड ६२ लाख ४४ हजार छ सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २८ प्रतिशत रहेको थियो ।