काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको छैठौं वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरू आयोजना गरी सप्ताहव्यापीरूपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न सात वटा कार्यक्रमहरू आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
जसअन्तर्गत २७ गते आइतबारदेखि १ गते शनिबारसम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डिङ मसिन हस्तान्तरण, प्रभातफेरि कार्यक्रमलगायतका कार्यक्रमहरू सम्पन्न गर्ने जनाएको छ ।
जसअन्तर्गत २७ गते आइतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ३० स्थित ग्रिनपार्क, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, शुक्लाफाट नपा वडा नं. ०९ स्थित बृन्दावन सामुदायिक वन, कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा नपा वडा नं. ०१ छाँपडाडा तथा लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर वडा नं. ०८ स्थित शितल छाया सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।