काठमाडौं । परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे छलफल भएको छ ।
सार्क सचिवालयले मंगलबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको जनाएको छ ।
महासचिव सरवारले सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकोमा मन्त्री राणाप्रति बधाईज्ञापन गरे । उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।