विकास बैंकहरुको चुक्ता पुँजी ४२ अर्ब रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८०÷८१ सम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुको चुक्ता पुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ कायम भएको हो । विकास बैंकहरुको यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९८ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुको कुल चुक्ता पुँजी ४० अर्ब १८ करोड २० लाख रुपैयाँ थियो । सबैभन्दा बढी चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको छ । बैंकले २०८१ असार मसान्तसम्म सात अर्ब चार करोड ४९ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । गरिमा विकास बैंकले पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार रुपैैयाँ चुक्ता पुँजी कायम गरेको छ । गरिमा चुक्ता पुँजी धेरै हुने विकास बैंकहरुमध्ये दोस्रो स्थानमा छ । शाईन रेसुंगा डेभलपमेन्ट बैंकले चार अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । ज्योति विकास बैंकले चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकले चार अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । लुम्बिनी विकास बैंकले तीन अर्ब ५१ करोड ८१ लाख ३४ हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले तीन अर्ब ४३ करोड नौ लाख ७१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । कामना सेवा विकास बैंकले तीन अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकले एक अर्ब एक करोड ५० लाख एक हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । क्षेत्रीयस्तरको सप्तकोशी, सिन्धु र कर्पोरेटले क्रमशः ८३ करोड ४३ लाख ४० हजार, ५५ करोड ७४ लाख ५६ हजार र ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । क्षेत्रीयस्तरकै ग्रीन, कर्णाली र साल्पा डेभलपमेन्ट बैंकले क्रमशः ५१ करोड १९ लाख, ५० करोड २८ लाख ३० हजार र ३५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । नारायणी र एक्सेल डेभलपमेन्ट बैंकले क्रमशः २६ करोड २४ लाख ६७ हजार र एक अर्ब २४ करोड ९६ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।