काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ९८ लाख ४८ हजार एक सय दुई रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ८६ लाख २१ हजार तीन सय २७रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्तापुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ४४ करोड २७ लाख १३ हजार आठ सय छ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब पाँच करोड ३२ लाख चार सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ३३ लाख १५ हजार एक सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको चार दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ५० लाख ४४ हजार ३८ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ९० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ५८ करोड २१ लाख ४७ हजार सात सय १९ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २६ करोड ५५ लाख ३० हजार आठ सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ५२ लाख ५१ हजार दुई सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २३ प्रतिशत रहेको थियो ।