काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सातौँ वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरूमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको हो ।
आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको हो । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ । महेन्द्रनगरस्थित कञ्चनपुर गल्र्स होस्टेल, भिमादस्थित रिसिङ पाटन, चापागाउँस्थित देवी बहुमुखी क्याम्पस, डडेल्धुरास्थित भीमदत्त बहुमुखी क्याम्पस, सातदोबाटोस्थित सशस्त्र प्रहरी बल, टिकापुरस्थित टिकापुर बहुमुखी क्याम्पस, अत्तरियास्थित होलिल्यान्ड उच्च मावि, कैलालीस्थित लम्की बहुमुखी क्याम्पस, तनहुँस्थित भानुभक्त बहुमुखी क्याम्पसलगायत मुलुकभर विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरूमा उक्त बीमा साक्षरता जागरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त बीमा साक्षरता कार्यक्रममा बीमासम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको कम्पनीको भनाइ छ ।