काठमाडौं । महिन्द्रा समूहअन्तर्गतकोे फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नेपालमा युवो टेक प्लस ट्रयाक्टर शृङ्खला सार्वजनिक गरेको छ । महिन्द्राको नेपालस्थित डिलर अग्नि ग्रुपले सोमबार नयाँ ट्र्याक्टर मोडल युवो टेक प्लस ५७५ डीआईलाई विराटनगर, दमक, जनकपुर, वीरगञ्ज, चितवन र नेपालगञ्जका छ अग्नि शाखा र डिलर लोकेसनमा एकै साथ सार्वजनिक गरेको हो । यो श्रृङ्खला १२ एफ (फर्वार्ड) प्लस थ्रि आर (रिभर्स) ट्रान्समिसन टेक्नोलोजीको साथ आउँछ ।
उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमताका साथ यस ट्रयाक्टरले सजिलै साथ भारी उपकरणहरू ह्यान्डल गर्न सक्छन् । शक्तिशाली र इन्धन–कुशल इन्जिनले भरिएको यस ट्रयाक्टरले उच्चस्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्ने कम्पनीले जनाएको छ । धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुवै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।